जडिबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन
कावासोती : गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्ययन शुरू गर्न लागिएको छ।
नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको बताएका हुन्। प्रदेशका ११ वटा जिल्लाभित्र कहाँ जडिबुटी सङ्कलन केन्द्र र प्रशोधन केन्द्र बनाउने भन्नेबारे समिति गठन गरी अध्ययन शुरु गर्न लागिएको उनले बताए।
सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पुँजीगत अनुदानबाट आधुनिक उपचार भवन निर्माण गर्न लागिएको हो। तीन तलाको सुविधा सम्पन्न आधुनिक भवन निर्माणका लागि १० करोड ७१ लाख ७९ हजार २९० रूपैयाँ लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ।
भवनका लागि हाल प्रदेश सरकारबाट एक करोड रूपैयाँ विनियोजन गरिएको छ। सोही बजेटबाट भवन निर्माणको थालनी गरिएको र अपुग रकम आन्तरिक स्रोत परिचालनका साथै सरकारले व्यहोर्ने चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले जानकारी दिए।
चिकित्सालय १५० शय्या क्षमताको छ। रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा पञ्च तत्त्व, योग, ध्यान, फिजियोथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन चिकित्सा पद्धतिबाट स्वास्थ्योपचार गरिन्छ। २०६८ माा स्थापना भएको यस चिकित्सालयमा देशका ६६ जिल्लाका साथै भारतका बिरामी गरी करlब २० हजारले उपचार गराएकोे निर्देशक पौडेलले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’