दाङकाे राजपुरमा ५० भन्दा बढी बालबालिकामा दादुरा
दाङ : राजपुर गाउँपालिकामा दादुराको सङ्क्रमण फैलिएको छ। अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिए।
एक महीनाअघि सुरु भएको रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो।
रोकाका अनुसार यही वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ। वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजीकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुराविरुद्धको खोप लगाउन लागिएको हो।
उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा। पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोलीले तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष केसी यसअघि पटक–पटक गाउँपालिकामा दादुराविरुद्धको खोप लगाउने अभियान चले पनि बच्चालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको शाखाप्रमुख रोकाले बताए।
त्यहाँका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा. उपाध्यायको टोलीले आठ जनाको नमुना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको थियो। गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्णखोप सुनिश्चित गाविस थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?