नाैजनाकाे मृत्यु भएपछि ताजाकोट गाउँपालिका पुगे चिकित्सक र औषधि
हुम्ला : अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारले ताजाकोट गाउँपालिकामा औषधि र चिकित्सक पठाएको छ। चिकित्सक र औषधिसहित हेलिकोप्टर पठाइएको हो कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।
सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धार गर्नेछ।
औषधि र स्वास्थ्यकर्मी अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिएको बताइएको छ।
हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनुका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ। सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस बिरामी परेको जनाइएको छ। हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।
शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख जैसीले बताए। यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन्। यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको उनले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?