झाडापखालाले एकै गाउँका डेढसय सर्वसाधारण बिरामी
गुल्मी : मुसिकोट नगरपालिका ४ दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या करिब डेढसय पुगेकाे छ।
झाडापखालाका कारण बिरामी भएका १४८ मध्ये गुल्मी अस्पतालमा चारजनाको उपचार भइरहेको छ भने ६० वर्षीया कुमारी सिंजालीलाई चितवन लगिएको छ। अन्य व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला स्वस्थ्य गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले जानकारी दिए।
गत सोमबार चार जनाबाट फैलिएको झाडापखाला महामारीको रूपमा फैलिएको हो। वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन्। गाउँको पाँच किलोमिटर टाढाको ट्यांकीमार्फत ८५ घरपरिवारलाई वितरण गरिएको पानी दूषित बनेका कारण त्यहाँका स्थानीयमा झाडापखाला देखिएको थियो।
बिरामी पर्नेमा चारदेखि ८० वर्षसम्मका छन्। झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार जारी राखेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?