हुम्लामा अज्ञात रोगले आठजनाको मृत्यु, केही बिरामी
हुम्ला : ताजाकोट गाउँपालिकामा अज्ञात रोगले आठ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी बिरामी परेका छन्।
ताजाकोट गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मृत्यु हुनेको संख्या आठ पुगेको हो।
वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जीव थापाको ज्यान गएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।
वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने र ज्वरो आउने गरेको स्थानीयले बताएका छन्। बिरामीको उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको स्थानीय बताउँछन्। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि र स्वाथ्यकर्मी नभएकाले उपचारमा समस्या भएको बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए। अध्यक्ष मल्लका अनुसार अहिले संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको छ।
घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा पर्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?