बिमाले स्वास्थ्य सेवा सहज
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ देखि २० जना बिमित सदस्यले सेवा लिने गरेका छन्।
जिल्लामा अहिलेसम्म ३० हजार बढीले स्वास्थ्य बिमा अन्तर्गत सेवा लिएका छन्। स्वास्थ्य विमाले उपचारमा सजहता गराएको छ। बिमा गरेका बिरामीको चाप बढेपछि प्रतिष्ठानले छुट्टै बहिरंग सेवा विभाग (ओपिडी) स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
२०७५ साउन यता जुम्लामा आठ हजार २९ सयभन्दा बढीले बिमा गरेका छन्। बिमा गरेका बिरामीको चाप बढ्दै गएपछि छुट्टै ओपीडी स्थापना गरिएको प्रतिष्ठानका सूचना अधिकारी चेतन रोकायाले बताए। अस्पतालमा बिमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण छुट्टै ओपीडी खोलेर सेवा दिन थालिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाले बताए।
पुर्जा काट्नेबित्तिकै सेवा दिन सकिने गरी ओपीडीमा हरेक दिन तीन जना चिकित्सकसहितको टोली रहने व्यवस्था मिलाएको बताइएकाे छ। कर्णाली अञ्चल सबै जिल्लाका बिरामी प्रतिष्ठानमै उपचार गर्न सकिने र प्रतिष्ठानले गर्न नसक्ने उपचारका लागि बाहिर रिफर गरिएको डाक्टर रोकायाको भनाइ छ।
बीमाप्रतिको आम नागरिकको आकर्षण बढेको भए पनि उपचार पद्धतिमा सहज व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका कार्यालय प्रमुख प्रेम शाहीले बताए। बिमा कार्यक्रम लागू भएका जिल्ला मध्य जुम्ला उत्कृष्ट जिल्लामा परेको छ। स्वास्थ्य बिमा गरेपछि अस्पतालमा सेवा लिन जाँदा उपचारमा सहजता नभएको र औषधि खरिद गर्दा एउटै औषधिको फरकफरक मूल्य पर्ने गरेको गुनासो बिरामीले गरेका छन्।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?