Health TV Online
Health TV Online
Health TV Online

बढ्याे दादुराकाे संक्रमण

बढ्याे दादुराकाे संक्रमण

काठमाडाैं : नेपालमा दादुरा संक्रमण बढेको पाइएको छ। सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको युनिसेफले जनाएको छ। याे सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो। २०१७ मा ९९ जनालाई दादुरा भएकाे थियो।

२०१० देखि २०१७ सम्ममा करिब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन्, जुन औसतमा बर्सेनि दुई करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ। खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा धेरै देशमा दादुराको महामारी फैलिएको छ।

युनिसेफका अनुसार सन् २०१९ को पहिलो तीन महिनामा संसारभर एक लाख १० हजारभन्दा धेरै दादुराका संक्रमण देखिएका छन्, जुन गत वर्ष सोही अवधिको तुलनामा करिब तीन गुणा बढी हो।

२०१७ मा एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको थियो, जसमा अधिकांश बालबालिका थिए। यो २०१६ को तुलनामा २२ प्रतिशतले बढी हो।

बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ। तथापि, खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवाको कमी, केही ठाउँमा खोपमाथि डर र शंकाजस्ता कारणले सन् २०१७ मा दादुराको खोपको पहिलो मात्रा लगाउने बालबालिका ८५ प्रतिशत थिए।

विश्व स्वास्थ्य संगठनले प्रतिरक्षाका लागि खोप लगाउनेको संख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।

तथ्यांकअनुसार, उच्च आय भएका मुलुकहरूमा दादुराको खोपको पहिलो मात्रा पाउने ९४ प्रतिशत छन् भने दोस्रो मात्रा पाउने ९१ प्रतिशत मात्र छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार