गाउँपालिकाले गरायाे विपन्न ३०० जनाकाे स्वास्थ्य बिमा
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बिमा गराइदिएको छ। आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बिमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बिमा गराएको हो।
आर्थिक अभावमा स्वास्थ्य बिमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बिमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। उनका अनुसार छ वडाबाट ५०\५० घरधुरी छनोट गरी स्वास्थ्य बिमा गराइएको छ । स्वास्थ्य बिमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा सात लाख ५० हजार रूपैयाँ लगानी गरेको छ।
गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उनले बताए। आर्थिक रूपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बिमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए।
वार्षिक रूपमा ३०० घरपरिवारको सात लाख ५० हजार रूपैयाँ गाउँपालिकाले बेहोर्नेछ। तनहुँमा २०७४ भदौ १ गते स्वास्थ्य बिमा शुरुआत भएको थियो। तनहुँ जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बिमामा आबद्ध भइसकेको स्वास्थ्य बिमा कार्यालयले तनहुँले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य