निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले लिए सेवा
हुम्ला ः जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले सेवा लिएका छन्। सर्केगाडमा रहेको आयुर्वेद शाखाले वैशाख १० गतेदेखि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य शिविरको अन्तिम दिन बिहीबार महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरेको आयुर्वेद शाखा प्रमुख तिलजुङ्ग जनैदरले जानकारी दिए।
शिविरमा स्वास्थ्य परीक्षण गर्ने महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पिसाबसम्बन्धी, बाथ, युरिक एसिड, ढाड, कम्मर दुख्ने, छालासम्बन्धी, आँखासम्बन्धीका रोगी बढी भेटिएको जनैदारले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?