प्रसूतिगृह निर्माण गर्न जग्गादान
बाँके : दिवंगत श्रीमतीको स्मृतिमा सिरहाको गोलबजार नगरपालिका–३ निवासी प्रेमबहादुर स्याङ्वाले स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गादान दिएका छन्।
गोलबजार नगरपालिका–३ मुसहर्निया निवासी ७१ वर्षीय स्याङ्वाले दुई वर्षअघि निधन भएकी श्रीमती बेलकुमारीको स्मृतिमा मुसहर्नियामा स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) निर्माण गर्न आफ्नो नाममा रहेको आठ कट्ठा दुई धुर जग्गा दान गरेका हुन्।
उक्त जग्गाको मूल्य करिब २४ लाख रुपैयाँ पर्ने जनाइएको छ। गाउँमै उपचार नपाएर आफूले आमा गुमाउनु परेकाले अब कसैले पनि आमा गुमाउन नपरोस् भनेर जग्गादान गर्न बुबालाई सघाएको स्याङ्वाका छोरा सोमबहादुरले बताए।
स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाँडै बर्थिङ सेन्टरसहितको स्वास्थ्यकेन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष धनप्रसाद तामाङले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?