हुम्लाकाे दुर्गम गाउँमा गर्भपरीक्षण
हुम्ला: स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा चिकित्सक गाउँमा पुगेका छन्।
अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत गर्न जिल्ला अस्पतालका डा. टसी लामाको टोलीसहित गाउँमा पुगेको हो।
जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले जानकारी दिए। गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले बताए।
सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिइन्।
पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताए। गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भपरीक्षण गराउन जाने गरेको पाइएको उनकाे भनाइ छ।
हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत ८०० र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप तीन हजार पाउने गरेको डा लामाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?