दुर्गम गाउँकाे घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा
जुम्ला : सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले घरदैलोमै विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक बुनेशकुमार बादलसहितको दर्जन स्वास्थ्यकर्मीको टोली र औषधि घरदैलोमै पुर्याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिइएको हो।
गाउँपालिकाद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला र स्त्री रोगसम्बन्धी जाँच गरिएको छ। शिविरको पहिलो दिनमै ५०० को स्वास्थ्य परीक्षण गरिएको छ। गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएको गाउँपालिका–४ डोलकाटीका लक्ष्मण बुढाले बताए।
‘स्वास्थ्य संस्थामा औषधि अभाव र विशेषज्ञ चिकित्सकको सेवा नदेखेका स्थानीयले सहजै स्वास्थ्य सेवा पाएपछि हामी अत्यन्त खुशी छौँ’, उनले भने। पटकपटक गाउँपालिका बाहिर वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट विशेषज्ञ चिकित्सक ल्याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष बोहोराले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?