Health TV Online
Health TV Online
Health TV Online

झापामा एचआईभीका कारण एक दशकमा ३५ जनाले गुमाए ज्यान

झापामा एचआईभीका कारण एक दशकमा ३५ जनाले गुमाए ज्यान

झापा : एचआईभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुने ३५ पुगेको जानकारी दिए।

२०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक\एक र २०७५ मा १० ले एचआईभी एड्सका कारण ज्यान गुमाएका हुन्। हाल झापामा ६१६ एचआईभी सङ्क्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन्।

एचआईभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ। झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरसहित लवकुश आश्रम भद्रपुर, सहारा नेपाल बिर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआईभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन् ।

मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ भने भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पीएमटीसीटी सेवा (प्रसूतिबाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन पौडेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार