स्वास्थ्य संस्था टाढा हुँदा उपचार गर्न जडिबुटीकै भर
बझाङ : नजिकै स्वास्थ्य संस्था नहुँदा जिल्लाका दुर्गम भेगका स्थानीय अहिले पनि जडीबुटीको भरमा स्वास्थ्य उपचार गराउन बाध्य छन्।
जिल्लाको साइपाल गाउँपालिका–५ न्युनाका स्थानीय अहिले पनि स्वास्थ्य उपचारका लागि जडीबुटीकै भरमा पर्ने गरेका छन्। नजिक स्वास्थ्य संस्था नहुँदा निकै समस्या खेप्नुपरेको स्थानीय दुधकलादेवी बोहराले बताइन्।
घरबाट काँडा स्वास्थ्य चौकी पुग्न तीन चार घण्टाभन्दा बढी लाग्ने भएका कारण यहाँका स्थानीयले स्वास्थ्य संस्थामा नगएर जडीबुटीकै भरमा नै उपचार गराउने गरेका हुन्। हातमा चोट लागेर ‘इन्फेक्सन’ भएको एक महिनापछि मात्रै स्वास्थ्य संस्थामा उपचार गराउन आएको बोहराले बताइन्। ‘यो सामान्य समस्या हो, यसभन्दा ठूलो स्वास्थ्य समस्या भएकासमेत घरमा नै विभिन्न जडीबुटी गरेर यस गाउँका मानिसहरू उपचार गराउँछन्’, उनले भनिन्।
नजिकै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपरेको उनको गुनासो छ। नजिक स्वास्थ्य संस्था नभएका कारण यहाँका स्थानीयले सास्ती खेप्नुपरेको महिला स्वास्थ्य स्वयंसेविका दीपा बोहराले बताइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?