नर्सहरूकाे आन्दोलनले प्रत्यारोपण केन्द्रकाे सेवा प्रभावित
काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित भएको छ। अस्पतालमा कार्यरत नर्सहरू पुराना कर्मचारीको ग्रेडिङ, स्थायी लगायतका ६ बुँदे माग राखी आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने हाम्रो माग राखेका छन्। लोकसेवा आयाेगबाट खुला प्रतिस्पर्धाबाट स्थायी बनाउने प्रक्रिया मान्य नहुने उनीहरूको भनाइ छ।
अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले लामो समयको तयारीपछि यसपटक मन्त्रालयले दरबन्दी स्वीकृत गरी स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गरेको प्रतिक्रिया दिए। अब एक दुई दिनमा विज्ञापन खुल्ने भएकाले आन्दोलन गर्नुपर्ने कारण नभएको उनको भनाइ छ।
अस्पतालमा भएको आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ। हाल अस्पतालमा दैनिक एक सयभन्दा बढीको मिर्गौला डायलासिस तथा हप्ताको ७ वटा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ।
नर्सिङ कर्मचारीहरूले आन्दोलन गरे पनि आईसीयू, इमर्जेन्सी, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा. श्रेष्ठले बताए। करिब ६ वर्षअघि स्थापित केन्द्रमा हाल ९६ जना नर्स कार्यरत छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य