स्वास्थ्यसचिव थपलियाले गरे पदबहाली
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पदबहाली गरेका छन्।
बुधबार मन्त्रालयमा पदबहाली गर्दै प्रशासनतर्फका सचिव सचिव थपलियाले सबैलाई मिलाएर सहकार्य गर्दै अघि बढ्ने प्रतिक्रिया दिए। जिल्लामा रहेर प्रशासनिक काम गरेको अनुभव भए पनि स्वास्थ्य क्षेत्रको अनुभव नभएकाले सबैको सहयोग आवश्यक पर्ने उनले बताए।
स्वास्थ्य समूहकी सचिव डा. पुष्पा चौधरी, महाशाखा प्रमुख र स्वास्थ्य मन्त्रालयका कर्मचारीले सचिव थपलियालाई स्वागत गरेका थिए।
कर्णाली प्रदेशका प्रमुख सचिव रहेका थपलियालाई वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
यसअघिका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका समाजकल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएकाे थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण