सरकारी चिकित्सक भन्छन्, सरकारले माग पूरा गर्ने छाँट देखिएन, आन्दोलनकाे विकल्प छैन
काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै पटकपटक आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान)ले १५ गतेदेखि पुनः आन्दोलन चर्काउने चेतावनी दिएको छ।
यसअघि चैत २३ गतेदेखि आन्दोलन गरेका सरकारी चिकित्सकले माग सम्बोधन गर्न सरकारले दुई साता समय मागेपछि वैशाख एक गतेदेखि आन्दोलन स्थगन गरेका थिए। यो बिचमा आफूहरूको माग पूरा हुने छाँट नदेखिएकाले १५ गतेदेखि पुनः आन्दोलन गर्ने तयारीमा लागेको सघंका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए।
माग पूरा हुने तर समय लाग्ने भन्दै समय मागेपछि आफूहरूले इमान्दारिताका साथ आन्दोलन स्थगित गरे पनि याे बिचमा सरकारका केही जिम्मेवार व्यक्तिले नै आफूहरूको माग पूरा नहुने अभिव्यक्ति दिइरहेको उनले बताए।
चैत २३ देखि तेस्रो पटक आन्दोलन गरेकाे सरकारी चिकित्सक संघले वैशाख १ गते स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा आफूहरूको माग पूरा गर्न सरकारी प्रतिनिधिले समय मागेपछि दुई साताको लागि आन्दोलन स्थगन गरेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?