Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर सेवा समाजलाई शवबाहन

क्यान्सर सेवा समाजलाई शवबाहन

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी संघले शवबाहन हस्तान्तरण गरेको छ। संघका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार शवबाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गरे।

आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो प्रदान गरे। अस्पतालको नाममा रहने शववाहनले आज सेवा शुरु गरेकाे छ। संघले १० लाख १२ हजार ४०० मा खरिद गरेको शवबाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ।

जिल्लामा रहेका दुई शवबाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला यसले सहज बनाउने अस्पतालले जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन