जनकपुरधाम उपमहानगरपालिकाले ताेक्याे एम्बुलेन्सको भाडादर
धनुषा : जनकपुरधाम उपमहानगरपालिकाले एम्बुलेन्सको भाडा ५०० देखि एक हजार रुपैयाँसम्म तोकेको छ। एम्बुलेन्सले मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेपछि भाडा तोकिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले वडा १ देखि १६ सम्म ५०० रुपैयाँ र वडा १७ देखि २५ सम्ममा एक हजार रूपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ। यसैगरी जनकपुरधाम भएर काठमाडौं जाने एम्बुलेन्स वा शववाहनलाई सिन्धुलीतर्फको बाटोमा १० हजार पाँच सय भाडा कायम गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।
साथै अस्पताल वरिपरि २०० मिटरभित्र सुर्तीजन्य तथा धूमपान, मद्यपान बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरिएको छ। साथै एम्बुलेन्समा अक्सिजन भएनभएकाे, बिरामीलाई चाहिने न्यूनतम उपकरणसहित जाँच गर्ने निर्णय गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण