जनकपुरधाम उपमहानगरपालिकाले ताेक्याे एम्बुलेन्सको भाडादर
धनुषा : जनकपुरधाम उपमहानगरपालिकाले एम्बुलेन्सको भाडा ५०० देखि एक हजार रुपैयाँसम्म तोकेको छ। एम्बुलेन्सले मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेपछि भाडा तोकिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले वडा १ देखि १६ सम्म ५०० रुपैयाँ र वडा १७ देखि २५ सम्ममा एक हजार रूपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ। यसैगरी जनकपुरधाम भएर काठमाडौं जाने एम्बुलेन्स वा शववाहनलाई सिन्धुलीतर्फको बाटोमा १० हजार पाँच सय भाडा कायम गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।
साथै अस्पताल वरिपरि २०० मिटरभित्र सुर्तीजन्य तथा धूमपान, मद्यपान बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरिएको छ। साथै एम्बुलेन्समा अक्सिजन भएनभएकाे, बिरामीलाई चाहिने न्यूनतम उपकरणसहित जाँच गर्ने निर्णय गरिएको छ।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू