Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्पाइनल इन्जुरी अस्पतालका लागि उदयकुमार पियाले दिए तीन कराेड

स्पाइनल इन्जुरी अस्पतालका लागि उदयकुमार पियाले दिए तीन कराेड

चितवन : भरतपुर महानगरपालिकामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनः स्थापना केन्द्र बन्ने भएको छ। सोमबार ‘श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनः स्थापना केन्द्र’ को शिलान्यास गरिएको हो।

चितवन रोटरी क्लबको नेतृत्वमा रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेल स्पाइनल इन्जुरी संघ नेपालसँगको सहकार्यमा केन्द्र निर्माण गर्न लागेको बताइएको छ।

केन्द्र स्थापनाका लागि भरतपुर ३ नारायणगढका व्यवसायी उदयकुमार पियाले तीन करोड रुपैयाँ दान गरेका छन्। रोटरी क्लबहरू र अन्य स्रोतबाट एक करोड ५० लाख रुपैयाँ जुटाएर केन्द्रको स्थापना गर्न लागिएको छ।

भरतपुर महानगरले सानो मझुवा नगरवनमा रहेको एक विघा जग्गाको भोगाधिकार प्रदान गरेको छ। दुई वर्षभित्र २५ शय्या क्षमताको अस्पताल निर्माण गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी छ। भविष्यमा केन्द्रलाई ५० शय्या क्षमतामा विस्तार गर्ने र फिजियोथेरापीलगायतका विधाको सिकाइ केन्द्रको रूपमाविकास गर्दै लैजाने लक्ष्य राखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि