मेट्रो काठमाडौं अस्पतालमा आईसीयू सेवा शुरू
काठमाडौं : महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले आईसीयू सेवा शुरू गरेको छ।
जटिल प्रकारका बिरामीलाई ध्यानमा राख्दै अस्पतालले पाँच शय्याको सुविधासम्पन्न भेन्टिलेटेरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश वलीले जानकारी दिए।
‘आईसीयू नभएका कारण अस्पतालमा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी अन्तै ‘रिफर’ गर्नुपर्थ्याे’, उनले भने, ‘त्यसैले हामीले हालै अत्याधुनिक एवं सुविधासम्पन्न आईसीयू सञ्चालनमा ल्याएका हौँ।’
मेट्रो अस्पताल चक्रपथमा भएका कारण तुरुन्त आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामी आउने गर्छन् । तिनैलाई दृष्टिगत गरी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको जनाइएको छ।
मधुमेह एवं हर्मोन रोगसँग सम्बन्धित रोगको उपचारका लागि मेट्रो अस्पताल प्रख्यात छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण