Health TV Online
Health TV Online

प्रदेश ३ मा औषधि अभाव हुन नदिन सामाजिक विकासमन्त्रीकाे निर्देशन

प्रदेश ३ मा औषधि अभाव हुन नदिन सामाजिक विकासमन्त्रीकाे निर्देशन

मकवानपुर : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरूको  सहज आपूर्ति र व्यवस्थापनका लागि मातहतका निकायलाई निर्देशन दिएका छन्।

सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र उद्घाटन गर्दै मन्त्री दुलालले औषधि व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।

हेटौँडा १ स्थित तत्कालीन क्षेत्रीय मेडिकल स्टोरमा प्रदेशअन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्र  सञ्चालनमा ल्याइएको हो। केन्द्रले प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण गर्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार