Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा जनसंख्यामा आधारित क्यान्सर रोगको रजिस्ट्री : सबैभन्दा बढी क्यान्सरपीडित काठमाडाैं उपत्यकामा

नेपालमा जनसंख्यामा आधारित क्यान्सर रोगको रजिस्ट्री : सबैभन्दा बढी क्यान्सरपीडित काठमाडाैं उपत्यकामा

क्यान्सर रोग, नागरिकमा उपचारका कारण सामाजिक तथा आर्थिक भार थप्दै गइरहेको स्वास्थ्य समस्यामध्ये प्रमुख हो। तथ्यांकअनुसार विश्वमा हुने कुल मृत्युको दोस्रो प्रमुख हिस्सा क्यान्सरले ओगटेको छ। क्यान्सरका कारण सन् २०१८ मा मात्र ९६ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमा पनि यसरी नै क्यान्सर प्रमुख समस्या बनिरहँदा पर्याप्त तथ्यांकको भने अभाव छ। यद्यपि सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सर रजिस्ट्री सुरु भए पनि विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिसमा क्यान्सरको स्थिति के–कस्तो छ भन्ने आँकडा हालसम्म उपलब्ध छैन।

क्यान्सरसम्बन्धी विश्वसनीय तथ्यांकका लागि जनसंख्यामा आधारिक क्यान्सर रजिस्ट्री हुनुपर्छ। यही अपरिहार्यतालाई आत्मसात् गरेर नेपालको कुन क्षेत्र (जिल्ला) मा बसोबास गर्ने जनसंख्यामध्ये कतिमा बर्सेनि नयाँ क्यान्सर देखापरेको छ, कुन अंगको क्यान्सरको प्रकोप बढिरहेको छ र कुन क्षेत्रमा कति मानिसको मृत्यु क्यान्सरका कारण भएको छ भन्ने कुराको यकिन तथ्यांक निकाल्न  नेपाल स्वास्थ्य अनुसन्धान परिषदले  क्यान्सर रजिस्ट्री प्रणाली सन् २०१८ जनवरीमा प्रारम्भ गरेको थियो।

यस्तो तथ्यांक अद्यावधिक भए मात्रै त्यसका आधारमा उपचार, रोकथामका कार्यक्रम र दीर्घकालीन योजना तर्जुमा गर्न सहज हुन्छ। साथै क्यान्सरको रोकथाम तथा उपचारका लागि कार्यक्रम, जनशक्ति उत्पादन, स्वास्थ्यसंस्था निर्माणजस्ता विषयमा नीति तथा योजना निर्माण गर्न सरकारसमक्ष आग्रह गर्न जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री गर्नु आवश्यक छ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३ प्रतिशत क्यान्सरका बिरामी पाइएका छन्। क्रमशः ललितपुरमा २१ प्रतिशत र भक्तपुरमा १६ प्रतिशत क्यान्सर रोगी रहेको पाइएको छ। विभिन्न जातजातिमध्ये काठमाडौं उपत्यकामा नेवार जातिमा क्यान्सरका बढी बिरामी पाइएका छन्। ३९ प्रतिशत नेवारमा, ३७ प्रतिशत ब्राह्मणक्षत्री र अन्य जातजातिमा १९ प्रतिशत क्यान्सर प्रभावित रहेको पाइएको छ।

कसरी?

नेपालको भिन्नाभिन्नै भौगोलिक क्षेत्र समावेश हुनेगरी नौ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पूर्वी रुकुम र पश्चिम रुकुम) मा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री शुरु भएको छ। उल्लिखित जिल्लामा बसोबास गर्ने मानिसले क्यान्सर रोगको निदान तथा उपचारका लागि सम्भावित सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल, प्याथोलोजी, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखा आदि स्थानबाट सन् २०१८ जनवरी यता पत्ता लागेका क्यान्सर बिरामीको संख्या तथा सन् २०१८ जनवरी यता क्यान्सरका कारण मृत्यु भएका मानिसको विवरण संकलन गरी ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ (आइएआरसी) को समन्वयमा क्यानरेग सफ्टवेयरको सहायताले विवरण नदोहोर्याइ तथ्यांक संकलन गरिरहेकाे  छ। यसरी क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा नेपालबाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेका छन्।

के–के प्राप्त भए?

सन् २०१८ जनवरीदेखि मेसम्ममा काठमाडौं उपत्यकाका बासिन्दामा देखापरेको क्यान्सरको तथ्यांकलाई विश्लेषण गर्दा जम्मा ७०३ जना नयाँ क्यान्सर बिरामी देखा परेका छन्, जसमध्ये सबैभन्दा धेरै ७० देखि ७४ वर्ष उमेरसमूहका छन्। काठमाडौं उपत्यकामा उक्त अवधिकमा ३२३ पुरुष र ३७९ महिलामा क्यान्सर पाइएको छ।

उक्त अध्ययनअनुसार पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर पाइएको छ भने दोस्रोमा ओठ तथा मुखको क्यान्स भएको देखिएको छ। त्यसैगरी आन्द्रा तथा गुदद्वारको क्यान्सर तेस्रो नम्बरमा देखिएको छ। महिलामा भने स्तन क्यान्सर पहिलो स्थानमा छ। त्यसैगरी दोस्रोमा फोक्सो र तेस्रोमा पाठेघरको क्यान्सरबाट महिला पीडित रहेको तथ्यांकले देखाएको छ।
भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३ प्रतिशत क्यान्सरका बिरामी पाइएका छन्। क्रमशः ललितपुरमा २१ प्रतिशत र भक्तपुरमा १६ प्रतिशत क्यान्सर रोगी रहेको पाइएको छ।

विभिन्न जातजातिमध्ये काठमाडौं उपत्यकामा नेवार जातिमा क्यान्सरका बढी बिरामी पाइएका छन्। ३९ प्रतिशत नेवारमा, ३७ प्रतिशत ब्राह्मणक्षत्री र अन्य जातजातिमा १९ प्रतिशत क्यान्सर प्रभावित रहेको पाइएको छ।

अब के गर्नुपर्छ?

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री कार्यक्रमलाई यथाशीघ्र हरेक जिल्लामा अभियानकै रूपमा विस्तार गर्नुपर्ने देखिन्छ। यसले आगामी दिनमा क्यान्सर रोगको भार नेपालका कुन क्षेत्रको बासिन्दामा कति छ भनेर सही तथ्यांक उपलब्ध गराउँछ र त्यसैका आधारमा यसको रोकथाम तथा उपचारसम्बन्धी नीतिनिर्माण तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा अगाडि बढ्नुपर्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे ‘नेपालमा जनसंख्यामा आधारित क्यान्सर रोगको रजिस्ट्री’ मा आधारित 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि