Health TV Online
Health TV Online

अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न

काठमाडौं : प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन– २०१९ सम्पन्न भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा सम्मेलन आइतबार सम्पन्न भएको हो।

दुइ दिने सम्मेलनको उद्घाटन माननीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गरेका थिए। ‘ब्रिजिङ द ग्याप’ भन्ने नारा दिइएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरू सहभागी थिए। सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० विदेशी विज्ञले भाग लिएका थिए।

यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्ति, अंगदाता तथा अंगप्रत्यारोपीहरूको सहभागिता थियो।

सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रस्तुत कार्यपत्र अनुसार ६ वर्षको अवधिमा ९९ प्रतिशत सफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण र नेपालमै पहिलो पटक चार जनाको कलेजो प्रत्यारोपण तथा ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको जानकारी दिइयो।

सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्बन्धि प्राविधिक विषयहरूमा छलफल भएकाे  र दोस्राे दिन मष्तिस्क मृत्युबाट हुने अङ्गदानसम्बन्धी छलफल भएको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए

कार्यकम समापन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रत्यारोपण क्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार