Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महाकाली अञ्चल अस्पतालमा औषधि वितरण बन्द

महाकाली अञ्चल अस्पतालमा औषधि वितरण बन्द

भीमदत्तनगर : कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा विपन्न र असहायलाई वितरण गर्ने निःशुल्क औषधि अभाव भएको छ। बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ।

अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइले गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतलाई निःशुल्क औषधि दिँदै आइरहेको थियो। चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन नसक्ने बताएको छ।

महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले औषधिका लागि संघीय सरकारबाट चालू आर्थिक वर्षमा तीन लाख रूपैयाँमात्रै आएको जानकारी दिए। ‘ त्याे औषधि सकिएपछि यहाँ समस्या भयो’, उनले भने’, ‘औषधि उपलब्ध गराउनका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पहल गरिरहेका छौँ।’

औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना बिरामी मारमा परेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि