Health TV Online
Health TV Online

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

काठमाडौं : नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा शनिबार सम्पन्न १३औँ राष्ट्रिय अधिवेशनमा लोकहरि श्रेष्ठलाई हराउँदै श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन्।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश खण्डेलवाल, उपाध्यक्षहरूमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित भएका छन्। महासचिवमा रामचन्द्र शर्मा र सचिवमा यमनाथ पौडेल र कोषाध्यक्ष सम्राटमान जोशी निर्वाचित भएका छन्।

औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको जानकारी दिइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार