Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बदाम र ओखरले बढाउँछ शुक्राणु

बदाम र ओखरले बढाउँछ शुक्राणु

बदाम, कटुस तथा ओखरले पुरुषको शुक्राणुको स्वास्थ्यमा सुधार आउने एक अध्ययनले देखाएको छ। बदाम, कटुस तथा ओखर नियमित रूपमा खाएमा शुक्राणु स्वस्थ्य हुने देखिएको हो।

केही समयअघि स्पेनको युनिभर्सिटी रोभिरा आ भिर्गिलीका डा. अल्बर्ट सालास–हुएतोस नेतृत्वकाे अनुसन्धानले पोषणमा गरिने सुधारले बाँझोपनको समस्या कम हुने र अझ पुरुषकै कारण हुने बाँझोपन वा गर्भधारणमा आउने समस्या निकै कम गर्न सकिने देखाएको हो।

दैनिक रूपमा दुई मुठ्ठी बदाम, कटुस तथा ओखर १४ हप्तासम्म नियमित खाएमा पुरुषको शुक्राणुको स्वास्थ्य निकै राम्रो हुने देखिएको अनुसन्धानकर्ताले बताए। धेरै पुरुषमा शुक्राणुको मात्रा कम हुँदै गएको र भएका शुक्राणु पनि स्वस्थ नरहेको देखिने क्रम बढेको अनुसन्धानले यस्तो देखाएको हो।

अनुसन्धानकर्ताले १८ देखि ३५ वर्षका ११९ स्वस्थ पुरुषलाई दुई समूहमा विभाजन गरे। एउटा समूहमा रहेका पुरुषको दैनिक पोषणमा ६० ग्राम बदाम, कटुस तथा ओखर थप गरियो भने अर्को समूहमा रहेका पुरुषलाई दिइएन।

केही समयपछि गरिएको परीक्षणमा बदाम, कटुस तथा ओखर आएका पुरुषको शुक्राणु नखाएका पुरुषको भन्दा स्वस्थ देखियो। थप पोषण खाएका पुरुषको शुक्राणुको मात्रा १४ प्रतिशतले बढेको देखियो।

यस्तै ती शुक्राणुको गर्भमा परिणत हुनसक्ने शक्ति चार तथा सक्रियता ६ प्रतिशतले बढेको अनुसन्धानकर्ताले बताए। यस्तै शुक्राणुको अकारमा एक प्रतिशतले वृद्धि भएको पाइयो।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन