Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढ्दाे छ सुदूरमा भ्रूणहत्या : गर्भजाँच गराउँदै, मिल्काउँदै

चिकित्सक भन्छन्, यसले महिलाकाे स्वास्थ्यमा गम्भीर असर पर्छ

बढ्दाे छ सुदूरमा भ्रूणहत्या : गर्भजाँच गराउँदै, मिल्काउँदै

डोटी : दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराइन्। दुई छोरी पाइसकेकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताइन्।

स्वास्थ्य परीक्षण गर्न श्रीमानसँग भारत पुगेकी कालुले सहमतिमा गर्भपतन गराएको बताइन्।  त्यस्तै केआइसिंह गाउँपालिका–२ की महामती कामीले पनि केही महीना पहिले कैलालीको एक अस्पतालमा गएर गर्भपतन गराइन्।

गर्भमा छोरी भएको जानकारी पाएपछि श्रीमान् बलबहादुरको आग्रहमा उनले गर्भपतन गराएकी हुन्। घरमा पहिले नै तीन छोरी भएकाले डाक्टरले गर्भमा पनि छोरी छ भन्ने जानकारी दिएपछि गर्भपतन गराएको उनले बताइन्।

जिल्लाका अधिकांश ठाउँमा गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमानले नै श्रीमतीलाई गर्भपतन गराउन सल्लाह दिने गरेका छन्।

डोटीलगायत समग्र सुदूरपश्चिममा छोरो पाउने आशमा बसेका अधिकांश महिला गर्भमै छोरीको हत्या गर्न थालेका छन् । आफू मरेपछि आफनो अंश खाने तथा बुढेसकालको सहारा छोरो हुने भन्दै छाेरी भएकाे थाहा पाएपछि गर्भमै भ्रूणहत्या गर्ने चलन बढेको बडिकेदार गाउँपालिका–१ का स्थानीय ललित कलेलले बताए।

लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नु भनेको कानूनी अपराध हो भन्ने जान्दाजान्दै पनि पहाडी जिल्लामा भ्रूण हत्या गर्ने क्रम दिनानुदिन बढिरहेको छ । छोराको आशमा पटकपटक गर्भपतन गर्दा पछि गएर महिलालाई ठूलो समस्या पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा. निशान्त ढकालले बताए। ‘धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघरमा घाउ भएर कामै नलाग्ने हुनसक्छ’, उनले भने, ‘ यसले महिलालाई मृत्युको मुखमा धकेल्छ।’

यहाँका सर्वसाधारणले सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज र छिमेकीमुलुक भारतका पलिया, रूपेडिया, खटिमा लगायतका बजारका केही निजी अस्पतालमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गरेको पाइएको छ ।

छोरा पाउने आसमा सुदूरपश्चिमेली महिलाले गर्भपतन गराउने गरेको सबै क्षेत्र र ठाउँमा जानकारी भए पनि त्यसको रोकथामका लागि हालसम्म कसैले पनि पहल चाल्न नसकेको स्थानीय स्वास्थ्यकर्मी रञ्जना साहुले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि