स्वास्थ्य संस्थाको अनुगमन गर्दै श्रम मन्त्रालय
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणका लागि सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन थालेको छ। विशेषज्ञ सम्मिलित समितिले अनुगमन तथा निरीक्षण गर्ने मन्त्रालयले जनाएको छ।
वैदेशिक रोगजारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयले २०७५ चैत १३ गते स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि आह्वान गरेको थियाे। मन्त्रालयले सूचीकरणका लागि निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुगमन गर्नेछ।
मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसहितको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमनमा सहयोग गर्न ती स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका तीन विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ।
टोलीले १५ दिनभित्र उपत्यका र बाहिरका स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण सकेर सूचीकरणका लागि सरकारलाई सिफारिस गर्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण