Health TV Online
Health TV Online

स्वास्थ्य संस्थाको अनुगमन गर्दै श्रम मन्त्रालय

स्वास्थ्य संस्थाको अनुगमन गर्दै श्रम मन्त्रालय

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणका लागि सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन थालेको छ। विशेषज्ञ सम्मिलित समितिले अनुगमन तथा निरीक्षण गर्ने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोगजारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयले २०७५ चैत १३ गते स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि आह्वान गरेको थियाे। मन्त्रालयले सूचीकरणका लागि निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुगमन गर्नेछ।

मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसहितको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमनमा सहयोग गर्न ती स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका तीन विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ।

टोलीले १५ दिनभित्र उपत्यका र बाहिरका स्वास्थ्य संस्थाहरूको  अनुगमन तथा निरीक्षण सकेर सूचीकरणका लागि सरकारलाई सिफारिस गर्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन