Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला

जनकपुर : स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको निजी अस्पताल जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत एक नर्स अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेकी छिन्।

महोत्तरी स्थायी घर भएकी अन्दाजी २५ वर्षकी नर्स रक्षा आलेको शव शनिबार राति १२ बजे अस्पतालकै शौचालयमा सलले घाँटी बेरिएको अवस्थामा फेला परेको हो।

आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।

अस्पतालले घटनालाई आत्महत्या गरेको बताए पनि परिवारले घटना रहस्यमय बनेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन