स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला
जनकपुर : स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको निजी अस्पताल जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत एक नर्स अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेकी छिन्।
महोत्तरी स्थायी घर भएकी अन्दाजी २५ वर्षकी नर्स रक्षा आलेको शव शनिबार राति १२ बजे अस्पतालकै शौचालयमा सलले घाँटी बेरिएको अवस्थामा फेला परेको हो।
आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।
अस्पतालले घटनालाई आत्महत्या गरेको बताए पनि परिवारले घटना रहस्यमय बनेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य