Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्भिक अस्पतालले मनायो २६ औं वार्षिकोत्सव

नर्भिक अस्पतालले मनायो २६ औं वार्षिकोत्सव

काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव मनाएको छ ।

अस्पतालले एक कार्यक्रम गरी शनिबार वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरीले आगामी तीन बर्षभित्र करिब २ अर्बको लगानीमा  २५० शैयासहितको अत्याधुनिक अस्पताल बनाउने जानकारी दिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक अस्पतालमा प्रत्येक नेपालीले आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख गरे । उनले भने, ‘आजभन्दा १० वर्ष अघि नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे अवस्था थियो तर अहिले धेरै सङ्ख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन् ।’

आजभन्दा २५ वर्षअघि २५ शैयाबाट करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १५० शैयामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९०० भन्दा बढी कार्यरत रहेको जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तसञ्चार केन्द्र पनि सुरु गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि