प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा शुरु
काठमाडौं: प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा शनिबारबाट शुरु भएको छ। सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री यादवले नेपालमा प्रत्यारोपण सम्बन्धी उत्कृष्ट कानुन रहेको भन्दै यसको कार्यान्वयन पक्ष बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
आइतबार सम्म चल्ने सम्मेलनको नारा ‘ब्रिजिङ द ग्याप’ रहेको छ । सम्मेलनका आयोजक समिति संयोजक एवम प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नवीनतम प्रविधि, ज्ञान सीप सम्मेलनमा एकआपसमा आदानप्रदान हुने बताए । उनले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको समेत जिकीर गरे । साथै सम्मेलनले अंगदान र प्रत्यारोपणमा देखिएका ग्यापलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास लिएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अंगदान जस्तो महान कार्यमा सबैले सहयोग गनुपर्ने बताए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको संयुक्त आयोजनामा भएको सम्मेलनमा तीन सय बढी विशेषज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले मिर्गौला रोग,कारण र प्रत्यारोपण, प्रविधि लगयातका विषयमा ३१ वटा पेपर प्रस्तुतीकरण हुनेछन्। सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका,भारत गरी ३० जना विदेशी विशेषज्ञको विशेष प्रस्तुतिकरण रहेको छ । शनिबार प्रत्यारोपण सम्वन्धी विषयमा छलफल भयो भने आइतबार ब्रेन डेथ अर्थात मस्तिस्कमृत्यु सम्बन्धी छलफल हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण