मानसिक समस्या छ? लिनुस् मनोविमर्श सेवा
काठमाडौं : मनोविद्हरुले मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको बताएका छन्।
साइक डेस्क फाउण्डेशन, द स्कुल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौंमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरूले यस्तो बताएका हुन्।
मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष डा. नरेन्द्र ठगुन्नाले प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको बताए।
अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा. ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए।
विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुने र नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ। आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविदहरूको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?