Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मानसिक समस्या छ? लिनुस् मनोविमर्श सेवा

मानसिक समस्या छ? लिनुस् मनोविमर्श सेवा

काठमाडौं : मनोविद्हरुले मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको बताएका छन्।

साइक डेस्क फाउण्डेशन, द स्कुल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौंमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरूले यस्तो बताएका हुन्।

मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष डा. नरेन्द्र ठगुन्नाले प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको बताए।

अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा. ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए।

विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुने र नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ। आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविदहरूको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन