Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीलाई प्रशिक्षण

स्वास्थ्यकर्मीलाई प्रशिक्षण

रसुवा : उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलो प्रशिक्षण दिइएको छ।

स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पुर्याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो।

विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु ज्ञवालीले रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएकाले एकापसमा रोग नसरोस् भन्ने उद्देश्यले स्वास्थ्य प्रशिक्षण सञ्चालन गरिएको बताए। प्रशिक्षणमा सीमा क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी र जनपद प्रहरीका चार जनाको पनि सहभागिता रहेको छ।

स्वास्थ्यकर्मीलाई डा. दीपेन्द्र गौतम, प्रकाश शाह र जनस्वास्थ्य अधिकृत अम्बर दवाडीले प्रशिक्षण दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि