स्वास्थ्यकर्मीलाई प्रशिक्षण
रसुवा : उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलो प्रशिक्षण दिइएको छ।
स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पुर्याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो।
विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु ज्ञवालीले रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएकाले एकापसमा रोग नसरोस् भन्ने उद्देश्यले स्वास्थ्य प्रशिक्षण सञ्चालन गरिएको बताए। प्रशिक्षणमा सीमा क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी र जनपद प्रहरीका चार जनाको पनि सहभागिता रहेको छ।
स्वास्थ्यकर्मीलाई डा. दीपेन्द्र गौतम, प्रकाश शाह र जनस्वास्थ्य अधिकृत अम्बर दवाडीले प्रशिक्षण दिएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?