Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिमकाेटमा पूर्ण खोप सुनिश्चित महिना

सिमकाेटमा पूर्ण खोप सुनिश्चित महिना

सिमकोट : सिमकोट गाउँपालिकाले वैशाख महिनालाई पूर्ण खोप सुनिश्चित महिनाको रूपमा मनाउन सुरु गरेको छ। गाउँपालिका भित्रका १५ महिना भित्रका सबै बालबालिकाहरूलाई खोप अभियानबाट नछुटोस् भनेर अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएकाे छ।

गत वर्ष सिमकोट गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको थियो। जन्मिएका हरेक शिशु सबै प्रकारका खोपहरूबाट वञ्चित नहुन् भनेर नयाँ वर्षको वैशाख महिनालाई पूर्ण खोप सुनिश्चित महिनाका रुपमा मनाउन सुरु गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुवकुमार सिंहले बताए।

गाउँपालिका भरी जिल्ला अस्पतालसहित पाँच वटा स्वास्थ्य चौकी भएको र यसअन्तर्गत पर्ने सबै गाउँहरूको एक पटक विवरण संकलन गरिने उनले बताए। यो महिनामा बाल बालिकाहरूको तथ्याङ्क संकलन र घरधुरी सर्भेक्षण गरी त्यसको समीक्षा गरिने र छुटेका बालबालिकाहरुलाई ११ रोग विरुद्ध सात वटा खोपको व्यवस्था गरिने उनले बताए।

हाल सिमकोट गाउँपालिकामा १५ महिना मुनिका एक हजार एक सय ३८ बालबालिका  छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै