सिमकाेटमा पूर्ण खोप सुनिश्चित महिना
सिमकोट : सिमकोट गाउँपालिकाले वैशाख महिनालाई पूर्ण खोप सुनिश्चित महिनाको रूपमा मनाउन सुरु गरेको छ। गाउँपालिका भित्रका १५ महिना भित्रका सबै बालबालिकाहरूलाई खोप अभियानबाट नछुटोस् भनेर अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएकाे छ।
गत वर्ष सिमकोट गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको थियो। जन्मिएका हरेक शिशु सबै प्रकारका खोपहरूबाट वञ्चित नहुन् भनेर नयाँ वर्षको वैशाख महिनालाई पूर्ण खोप सुनिश्चित महिनाका रुपमा मनाउन सुरु गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुवकुमार सिंहले बताए।
गाउँपालिका भरी जिल्ला अस्पतालसहित पाँच वटा स्वास्थ्य चौकी भएको र यसअन्तर्गत पर्ने सबै गाउँहरूको एक पटक विवरण संकलन गरिने उनले बताए। यो महिनामा बाल बालिकाहरूको तथ्याङ्क संकलन र घरधुरी सर्भेक्षण गरी त्यसको समीक्षा गरिने र छुटेका बालबालिकाहरुलाई ११ रोग विरुद्ध सात वटा खोपको व्यवस्था गरिने उनले बताए।
हाल सिमकोट गाउँपालिकामा १५ महिना मुनिका एक हजार एक सय ३८ बालबालिका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?