Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डोटीमा ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदै

डोटीमा ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदै

डोटी ः जिल्लाका ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत डोटी जिल्लामा शुक्रबार र शनिबार औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रामस्वार्थ यादवले जानकारी दिए।

जिल्लाका ६६५ स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मीले खुवाइरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि नजिकको खोप केन्द्रमा खुवाउन थालिएको जानकारी दिइएको छ।

डोटीमा भिटामिन ए र जुकाको औषधी खाने पाँच हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि