डोटीमा ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदै
डोटी ः जिल्लाका ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत डोटी जिल्लामा शुक्रबार र शनिबार औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रामस्वार्थ यादवले जानकारी दिए।
जिल्लाका ६६५ स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मीले खुवाइरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि नजिकको खोप केन्द्रमा खुवाउन थालिएको जानकारी दिइएको छ।
डोटीमा भिटामिन ए र जुकाको औषधी खाने पाँच हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?