Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं : शुक्रबार र शनिबार देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यस्तै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।

साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सूक्ष्म पोषणतत्व बालभिटा वितरण गरिनेछ।

यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम सञ्चालन गर्थे। संघीयतापछि देशभरका ७५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।

कर्मचारी समायोजनका कारण स्वास्थ्यकर्मी असन्तुष्ट रहेकाले केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने अनुमान गरिएकाे छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि