‘प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन’ भोलिदेखि शुरु हुँदै
काठमाडौं : नेपालमा हुन लागेको प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने सम्मेलनको नारा ‘ब्रिजिङ द ग्याप’ रहेको छ । सम्मेलनका आयोजक समिति संयोजक एवम प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदान का क्षेत्रमा विश्वमा भएका नवीनतम प्रविधि, ज्ञान एकापसमा आदानप्रदान गर्ने उद्धेश्यले प्रत्यारोपण सम्मेलन आयोजना गर्न लागिएको बताए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको संयुक्त आयोजनामा गर्न लागिएको सम्मेलनमा तीन सय बढी विशेषज्ञहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले मिर्गाैला रोग,कारण र प्रत्यारोपण, प्रविधि लगयातका विषयमा ३१ वटा पेपर प्रस्तुतीकरण गर्नेछन्। सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका,भारत गरी ३० जना विदेशी विशेषज्ञको विशेष प्रस्तुतिकरण रहेको डा श्रेठले जानकारी दिए। उनले भने, ‘हामीले नेपालका पनि सबै जिल्लाबाट मेडिकल डाइरेक्टर तथा नर्सिङ डाइरेक्टरलाई बोलाएका छौं यसले गर्दा गाउँ गाउँसम्म प्रत्यारोपणबारे जनचेतना पुर्याउन सजिलो हुन्छ ।’
सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्वन्धी टेक्निकल विषयमा छलफल हुने र दोस्रो दिन ब्रेन डेथ अर्थात मस्तिस्कमृत्यु सम्बन्धी छलफल हुने बताइएको छ । संयोजक डा श्रेष्ठले नेपालको प्रत्यारोपण सेवालाई अझ विस्तार गर्न र जनचेतना बढाउन सम्मेलन कोशेढुङ्गा साबित हुने बताए ।
नेपालमा ब्रेन डेथ सम्बन्धी कानून बने पनि जनचेतना पुग्न सकेको छैन । जसका कारण ब्रेन डेथ पछिको प्रत्यारोपण अपेक्षाअनुरुप हुन सकिरहेका छैन । यो अवस्थामा सम्मेलनले यो ग्यापलाई कसरी पूरा गर्ने भन्ने पनि आइडिया दिन्छ डा श्रेष्ठले भने ।
नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । त्यसयता करीब १ हजार २ सय बढीको प्रत्यारोपण भइसकेको छ । त्यसमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण भक्तपुरस्थित मानवंअंग प्रत्यारोपण केन्द्रमा भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण