Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले स्वाथ्यकर्मीहरूलाई भन्याे, समायोजनको पत्र नआउञ्जेल हालकै स्थानमा काम गर्नुस्

स्वास्थ्य मन्त्रालयले स्वाथ्यकर्मीहरूलाई भन्याे, समायोजनको पत्र नआउञ्जेल हालकै स्थानमा काम गर्नुस्

काठमाडौं : सरकारले समायोजनको पत्र नआउञ्जेल हालकै स्थानबाट सेवा प्रदान गर्न स्वाथ्यकर्मीहरूलाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी कर्मचारी समायोजनमा असन्तुष्ट स्वास्थ्यकर्मीहरूको गुनासो संकलन भएको भन्दै सोको छानबिन गरी सुनुवाइ गर्ने आश्वासन दिएकाे छ।

‘त्यसरी प्राप्त भएका गुनासाहरू संकलन, अध्ययन र विश्लेषण गरी पर्याप्त कारण र आधार भएमा समायोजन संशोधन समेत हुनसक्ने यसै सूचनाद्वारा सम्बिन्धित सबैलाई जानकारी गराइएको छ’, सूचनामा भनिएको छ, ‘त्यसैले समायोजनको अन्तिम सूची प्रकाशन भई कार्यरत निकायमा समायोजनको पत्र प्राप्त नभएसम्म जो जुन स्वास्थ्य संस्थामा हुनुहुन्छ, सोही संस्थामा रहेर सेवा प्रवाह गरिरहन यो सूचना प्रकाशन गरिएको छ।’

समायोजनसम्बन्धी भए गरेका जानकारी आवश्यकताअनुसार मन्त्रालयको वेबसाइटमार्फत जानकारी गराउने पनि बताइएको छ।

कर्मचारी समायोजनका क्रममा आफूहरूलाई अन्याय भएको भन्दै स्वास्थ्यकर्मीले खटाएको स्थानमा नजाने अडान लिएपछि मन्त्रालयले गुनासो टिपाउन बिहीबारसम्मको समय दिएको थियो।

मन्त्रालयकाे सूचना–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार