‘बर्डफ्लुबाट बच्न कुखुराकाे मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउनुस्’
खलङ्गा : भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले कुखुराको मासु ७० डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने गरी पकाएर खान सुझाव दिएको छ। जिल्लामा बर्डफ्लु रोगको स्थिति र बच्न अपनाउनुपर्ने उपायबारे जनचेतना जगाउन आयोजित गोष्ठीमा पशुविज्ञहरूले यस्तो बताएका हुन्।
जिल्लामा विभिन्न सडकखण्ड हुँदै भित्रिने कुखुरा, अण्डा र चल्ला नियन्त्रणका लागि सतर्कता अपनाइएको पशु प्राविधिक नरसिंह थापाले बताए।। स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेिन्टग्रेड तापक्रम पुग्ने गरी पकाएमा खतरा नहुने हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुनसक्ने भएकाले यसबाट सजग हुन आग्रह गरे।
प्रजिअ दुर्गा बञ्जाडेले सो कार्यक्रममा गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताए। कार्यशालामा जुम्लालाई रोगको प्रकोपबाट बचाउन सरोकार पक्ष सबैले उच्च सतर्कता अपनाउनुपर्ने तथा स्थलगत तथा हवाई मार्गबाट जिल्लामा भित्रिने पन्छी तथा पन्छीजन्य पदार्थको निगरानी गर्नुपर्ने बताएका थिए। यसका लागि स्थानीय तहमा कार्यरत प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लासँग समन्वय हुने गरी इलाका प्रहरी चौकी रारालिही र विमानस्थलमा सुरक्षा निकायलाई परिचालन गरिनुपर्नेमा जोड दिइएको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य