किन दुख्छ ढाड? बच्न के गर्ने?
अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने समस्या भएकाको संख्या बढ्दो छ। अचेल युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन्–
कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिएको छ ।
मोटरसाइकल\स्कुटर लामो समय चलाउने युवा–युवतीमा पनि ‘मेकानिकल ब्याकपेन’ देखिने गरेको छ।
बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ। महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ ।
सैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ।
के गर्ने ? लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी पनि ढाड दुख्ने कारण हुन सक्छ। त्यसैले कुर्सीमा लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ।
अगाडि धेरै झुकेर काम गर्नेमा पनि ढाड दुख्ने समस्या हुन सक्छ। त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनु परे बिस्तारै उठाउने गर्नुपर्छ।
शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ। त्यसैले दूध र यसबाट बनेका खानेकुरा प्रशस्त खानुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण