मुगुकाे यस्ताे गाउँ, जहाँका पुरूष बन्ध्याकरण गर्न मान्दैनन्
मुगु : मुगुमकार्मारोङ गाउँपालिकामा लामा समुदायको बाहुल्य छ। यो क्षेत्रमा बसोबास गर्ने अधिकांश पुरुषहरूले स्थायी बन्ध्याकरण गर्न मान्दैनन्।
मुगुमकार्मारोङ गाउँपालिकामा ९ वडामध्ये आठ वडामा लामा समुदायको बसोबास छ। त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शून्य नै छ। मुगुमकार्मरोङ गाउँपालिकामा रहेकाका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने आठ वडाका पुरुषहरू कुल देउता रिसाउने भन्दै यस्तो गर्न नमान्ने स्थानीय बताउँछन्।
स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनि स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरूले बन्ध्याकरण नगरेको मुगुमकार्मारोङ गाउँपालिका–६ का कार्माछिरिङ लामाले बताए। अस्थायी साधन पनि प्रयोग गर्नुहुँदैन भन्ने अन्धविश्वास अझै छ महिलाका लागि अनेकौँ परिवार नियोजनका साधन भए पनि यहाँका महिलाहरू डिपो सुई मात्रै प्रयोग गर्छन्।
‘पुरुषहरूले घरबाहिर गएर व्यापार गर्नुपर्ने र परिवार पाल्न टाढा टाढाबाट भारी बोकेर खाद्य र लत्ताकपडा ल्याउनुपर्छ। घरको सबै जिम्मेवारी खेतीपातीसमेत लोग्ने मान्छेको काँधमा हुन्छ, त्यसैले यस क्षेत्रका पुरुषले परिवार नियोजन नगरेका हुन्’, मुगुमकार्मारोङ गाउँपालिका कार्यपालिका सदस्य आङ्गमु लामाले भनिन्।
परिवार नियोजन गर्दा कमजोर हुने भ्रममा महिलाले मात्रै अस्थायी परिवार नियोजनका साधन डिपो सुई प्रयोग गर्ने गरेका छन्। अस्थायी परिवार नियोजनका साधनमध्ये पनि महिलाले तीन महिने डिपो सुई लगाउने गर्छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?