रेबिजका कारण काठमाडाैंमै तीन महिनामा १२ जनाको मृत्यु, चिकित्सक भन्छन्, चेतनाकाे कमी
काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजका कारण तीन महिनामा १२ जनाको मृत्यु भएको छ।
भ्याक्सिन लगाएर सजिलै बच्न सकिने रोगमा पनि यति ठूलो संख्यामा बिरामीको मृत्यु भएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।
अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बचाउन सकिने बिरामीको पनि मृत्यु भएको देख्नुपरेको भन्दै यसबारे जनचेतना नै नपुगेको बताए। ‘सरकारले निःशुल्क भ्याक्सिन वितरण गर्दागर्दै पनि यति ठूलो संख्यामा काठमाडौंमै बिरामीको मृत्यु हुनुले दूरदराजको अवस्था कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ’, उनले भने।
कुकुरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा हुँदहुँदै पनि धेरैले घरमै पालेको कुकुर त त हो नि भनेर नलगाउने गरेको उनले बताए। यस्तै कतिले कुकुरले टोक्दा घाउ सानो छ भनेर सुई नलगाउने गरेकाले यस्तो स्थिति सिर्जना भएको पुनकाे भनाइ छ।
सबैभन्दा बढी घरमै पालका कुकुरले टोक्ने गरेका घाइते उपचारका लागि आउने गरेको अस्पतालको भनाइ छ। विशेषगरी खान दिने बेलामा, नुहाइदिने वेलामा टोक्ने गरेको पाइएको छ।
हुन त घरमा पालेका कुकुरलाई नियमित भ्याक्सिन दिएको छ । बाहिर अन्य कुकुरको संगतमा गएको छैन भने त्यस्तो अवस्थामा टोकिने व्यक्तिलाई भ्याक्सिन दिनुपर्दैन। तर कुकुर अन्य कुकुरको सम्पर्कमा बाहिर जानेगरेको छ भने विश्वास गर्न नहुनेडा. पुन बताउँछन। रेबिज यस्तो रोग हो जुन लाग्नु भन्दाअघि मात्रै भ्याक्सिन लगाएर यसबाट बच्न सकिन्छ । रेबिज भइसकेपछि मृत्युबाहेक अर्को उपाय नै छैन ।
टेकु अस्पतालमा प्रत्येक दिन रेबिज विरुद्धको भ्याक्सिन १५० भन्दा बढी नयाँ बिरामी आउँछन्। बिहीबार पनि अस्पतालमा भ्याक्सिन लगाउने बिरामीको भिडभाड छ। शंखमूलका सिद्धार्थ थापा विद्यालय विदा भएका कारण चौरमा साथीहररूसँग खेलिरहेका थिए। उनलाई छिमेकीको कुकुरले खुट्टामा टोक्यो। भ्याक्सिन लगाउन टेकु आइपुगे। उनीसँगै भ्याक्सिन लगाउँदै थिए नुवाकोटका कान्छा लामा । उनलाई आफै कुकुरले खाना दिने बेलामा कुकुरले टोकेको थियो।
यस्ता बिरामी टेकु अस्पतालमा आजभोलि धेरै आउँछन्। भ्याक्सिन लगाइदिन चिकित्सकलाई पनि भ्याइनभ्याइ हुन्छ ।
तर डा. पुन यो संख्या थोरै भएको बताउँछन्। ‘जतिले भ्याक्सिन लिनुपर्ने हो, उनीहरू आएकै छैनन’, उनी भन्छन्, ‘कुकुरले टोकेको छ र शंका लाग्छ भने भ्याक्सिन लगाउनैपर्छ। अर्को विकल्प छैन।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य