डा. अमृत पोखरेललाई गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्दै
काठमाडौं : स्याङजा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेललाई गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्ने भएको छ।
प्रदेश सरकारले प्रदेश माताहतका कार्यालयमा उत्कृष्ट काम गर्ने २६ कर्मचारीलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। २६ जनामध्ये स्याङ्जा अस्पतालका डा. पोखरेल पनि सम्मानित हुनेमा परेका हुन्।
डा. पोखरेल उक्त अस्पतालमा २१ महिनादेखि कार्यरत छन्। युवा जोशका साथ काम गरिरहेका पोखरेलले अस्पतालमा बिरामीले महशुस हुने गरी परिवर्तन गरेका छन्।
उनलाई जिल्ला अस्पताललाई गुणस्तरीय उपचारका लागि प्रदेशकै नमुना अस्पताल बनाउने लक्ष्यसहित काम अगाडि बढाएका कारण पुरस्कृत गर्ने निर्णय गरेको बताइएको छ।
आफै बाल रोग विशेषज्ञ रहेका डा. पोखरेल मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि अस्पतालले नवजात शिशु स्याहार केन्द्र, दन्त सेवा, स्त्री सेवा लगायतका विशेषज्ञ सेवा शुरु गरेको छ । जसले गर्दा स्थानीय बिरामीले ठुलो राहत महशुस गरिरहेका छन्। त्यही उपचारका लागि बिरामी पहिले महंगो खर्च गरेर पोखरा जानुपर्ने बाध्यता थियो।
डा. पोखरेलकै अगुवाइमा अस्पतालमा सरसफाई देखि अन्य क्रियाकलाप समेत बढेको छ । सेवा बढेसँगै दुई वर्ष अघिसम्म खासै बिरामी नहुने अस्पतालमा अहिले बिरामीको चाप थेगिनसक्नुछ ।
पुुस्कारमा विषयमा हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा पोखरेलले अस्पतालमा सुधार ल्याउन आफ्नो मात्र भूमिका नभई टिमवर्कको नतिजा भएको बताए । उनले भने, ‘हामी सबै जनाले उत्तिकै काम गरेका छौं त्यसैले सबैलाई श्रेय जान्छ ।” उनले थपे, गरे सकिन्छ भन्ने उदाहरण पनि हो यो । पुरस्कारले हामीलाई अझ जिम्मेवारी थपेको छ उनले खुशी हुँदै भने।
डा. पोखरेल यसभन्दा अघि दार्चुला जिल्ला अस्पतालमा रही त्यस अस्पतालमा पनि निकै सुधार ल्याएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?