Health TV Online
Health TV Online

डेढ महिनामा ३०० जनाकाे स्वास्थ्य बिमा

डेढ महिनामा ३०० जनाकाे स्वास्थ्य बिमा

दार्चुला : दुर्गम हिमाली जिल्ला दार्चुलामा डेढ महिनामा  ३०० जनाले स्वास्थ्य बिमा गराएका छन्। सदरमुकाम खलंगामा डेढ महिनाअघि स्थापना भएको स्वास्थ्य बिमा बोर्डको कार्यालयमा करिब ३०० जनाले नाम दर्ता गराएको दर्ता अधिकारी दिपकसिंह क्षेत्रीले जानकारी दिए।

स्वास्थ्य बिमा कार्यक्रम दार्चुला जिल्लामा २०७५ फागुन २० गतेदेखि लागु भएको थियो। जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा दर्ता सहयोगी नियुक्त गरी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाइएको क्षेत्रीले बताए।

दार्चुलामा आगामी जेठ १ गतेबाट सेवा प्रदान गर्ने गरी स्वास्थ्य बिमा गराइरहेको बताइएको छ। २०७५ को मंसिर, पुस माघ, फागुन र चैतमा नाम दर्ता गराएकाले २०७६ जेठ १ गतेदेखि सेवा पाउनेछन्।

२०७६ को वैशाख, जेठ र असारमा नाम दर्ता गराएका नागरिकले भदौ १ गतेदेखि सेवा प्राप्त गर्ने जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार