Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो तलब छैन, तनाव मात्रै

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो  तलब छैन, तनाव मात्रै

जुम्ला : ‘अहिले त साहुले ऋणसमेत पत्याउन पनि छोडे , जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ।’ राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतको दुखेसो हो यो।

तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको गुनासो गरे। ‘आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्’, संयोजक नेपालीले भने, ‘स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन्।’ तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको उनले बताए।

स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको शिक्षक रणबहादुर रावतले बताए। तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको उनकाे भनाइ छ। काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लडाइँ गर्नुपर्ने अवस्था आएको भन्दै उनले असन्तुष्टि जनाए।

गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको संघर्षपछि अब तलब पाउने आशा रहेको बताए। ‘अब सम्भवतः दुईचार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ’, उनले भने, ‘फागुनसम्मको तलब सबैले पाउँछन्।’

अब भने जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करिब एक हजार ७४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने आशा गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि