Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा व्यावसायिक स्वास्थ्य पत्रकारिताकाे जग बसाल्ने श्रेष्ठ रहेनन्

नेपालमा व्यावसायिक स्वास्थ्य पत्रकारिताकाे जग बसाल्ने श्रेष्ठ रहेनन्

काठमाडौं : नेपालको पहिलो व्यावसायिक स्वास्थ्य म्यागेजिन ‘साधना हेल्थ’का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ।

उपचारका क्रममा बुधबार बिहान ११ बजेर ५९ मिनेटमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा श्रेष्ठको निधन भएको हो। करिब साढे पाँच महिनाको उपचार र मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेसँगै उनमा विभिन्न समस्या देखिएको थियो। स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो।

कामना प्रकाशनका संस्थापक अध्यक्ष तथा साेही प्रकाशनबाट छापिने नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठले २०५८ सालमा आफैँ प्रधानसम्पादक भएर साधना मासिक प्रकाशन गरेका थिए।

उनको निधनप्रति शोक वक्तव्य प्रकाशन गरी स्वास्थ्य पत्रकार मञ्च नेपालले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। ‘उहाँकाे निधनबाट स्वास्थ्य पत्रकारिताका साथै समग्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेकाे छ’, वक्तव्यमा भनिएकाे छ।’

पशुपतिनाथस्थित आर्यघाटमा उनकाे अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन