Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा छैन औषधि

जिल्ला अस्पतालमा छैन औषधि

लहान : जिल्ला अस्पताल सिरहामा औषधिको चरम अभाव भएको छ। विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो। कुल ५० शय्याको अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ।

जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ। निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नागेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार अस्पतालमा एक वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन। अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा औषधि खरिद गर्न बाध्य छन्।

औषधिको अभाव भएको बारेमा पटक\पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको गुनासो गरे। संघीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरिद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन