बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
नेपालगञ्ज : बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढेको पाइएको छ। कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन्। तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।
सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बिचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेकाले उपचारमा समस्या भएको बताए। केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरू जोखिममा परेको उनको भनाइ छ। उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए।
सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन्। उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण