दमकमा मुटु तथा मिर्गौलाराेग अस्पताल बन्ने
दमक : मुटु तथा मिर्गौला रोगीका बिरामीलाई लक्ष्य गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ शय्याको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो।
अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेडक्रसले जनाएको छ। रेडक्रस उपशाखाले दमकमा बुधबार पत्रकार सम्मेलन गरी यही वैशाख ७ गतेदेखि अस्पतालले औपचारिक रूपमा सञ्चालनमा आउने उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी दिए।
बुढाथोकीले शुभारम्भका अवसर पारेर मुटु तथा मिर्गौला रोगसम्बन्धी विशेषज्ञ डाक्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने बताए। शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गौला रोग विशेषज्ञ सञ्जीव शर्मालगायत चिकित्सक सहभागी हुने बताइएकाे छ।
यस्तै, रेडक्रसले आगामी भदौदेखि विर्तामोडको मेची आँखा अस्पतालको संयुक्त साझेदारीमा आँखाको विशेषज्ञ अस्पताल समेत सञ्चालन गर्न लागिएको रेडक्रस दमक उपशाखाका संस्थापक सभापति मानबहादुर बुढाथोकीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण